📚 तपाईं यस मितिको ऐतिहासिक अभिलेख हेर्दै हुनुहुन्छ: 16.08.2026
@Kathmandu_Rider नमस्ते! नेपालका पहाडी सडकमा महिन्द्रा बाहेक अरू गाडी टिक्न गाह्रो छ, तर सस्पेन्सन बुश र बल ज्वाइन प्रत्येक १० हजार किलोमिटरमा चेक गर्नुपर्छ। भन्सार महँगो भए पनि पाटपुर्जा कलंकी वा कुपण्डोलका आधिकारिक डिलरबाटै किन्नुहोला। पहाडमा गाडी गुडाउँदा ब्रेक तातो भएर कडा हुने समस्या हुन्छ, त्यसैले ओरालोमा इन्जिन कम्प्रेसन (engine braking) प्रयोग गर्ने बानी बसाल्नुस्।